राष्ट्रिय क्रिकेट प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
काठमाडाैं | माघ २३, २०७९
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।
देसाईले एक साताअघिनै नेपाली टोलीको प्रशिक्षण सम्हाल्न थाल्नुभएको थियो । क्यानले एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत स्वीकृतिमा देसाईलाई प्रशिक्षक नियुक्त गरेको पनि जनाएको छ ।
नेपाली टोलीले देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । क्यानले पुस २४ गते प्रमुख प्रशिक्षकका लागि खुला आवेदन आह्वान गरेको थियो ।
आवेदन दिएका २४ जनाबाट पाँच जनालाई सटलिस्टमा राखेर माघ ४ गते अन्तरवार्ता लिई अन्तिममा देसाईलाई छनोट गरेको हो । देसाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । त्यसभन्दा अगाडी देसाईले सन् २०१५ को आइसिसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय टोलीमा पनि काम गर्नुभएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

